प्रभु इन्स्योरेन्सको नाफा १३ करोड, इपीएस १९ रुपैयाँ

  २०७५ वैशाख ३१ गते ९:५३     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म प्रभुले १३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा १० करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले गत चैतसम्म २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा प्रभुले १७ करोड ७४ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा प्रभुले ६५ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६० करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुगेको छ ।

चैतसम्म कम्पनीले २५ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । अझै ११ करोड रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको प्रभुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.