नर्सको लाइसेन्स खुल्यो, असार ९ गते परीक्षा

  २०७५ वैशाख ३० गते १७:०४     विकासन्युज

काठमाडौँ । तपाई नर्सको अनुमतिपत्र (लाइसेन्स) लिन चाहानु भएको छ ? लामो सयमदेखि लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस नेपाल नर्सिङ परिषदले नर्सको लाइसेन्स खुलाएको छ ।

परिषदले आउदो असार ९ गते नर्सको लाइसेन्सका लागि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षामा संलग्न हुने विद्यार्थीले प्रविणता प्रमाणपत्र (पीसीएल) र बीएस्सी नर्सिङ तह उतिर्ण हुनुपर्ने परिषदले जनाएको छ ।
परिषदले अनलाइनबाट फारम लिने भएको छ । अनलाईनबाट जेठ १ देखि ३० र दोब्बर दस्तर दिएर असार ४ गतेसम्म लाइसेन्स परीक्षाका लागि फारम खुलाएको हो ।

परीक्षा शुल्क नेपालीका लागि १ हजार ६००, विदेशीका लागि २ हजार ६०० रुपैयाँ तोकिएको परिषदले जनाएको छ । परिषद्ले तोकेको स्थानमा परीक्षा सञ्चालन हुने छ । नेपाल नर्सिङ परिषद्को परीक्षा समितिले आवश्यक ठानेमा परीक्षार्थीसँग अन्तर्वाता लिन पनि सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.