ब्याजदर बढ्दा जलविद्युत लगानीलाई फाइदै फाइदा, बैंकको ब्याजबाट मात्रै ८९ करोड आम्दानी

  २०७५ वैशाख ३० गते १५:२३     विकासन्युज

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदाको बढी फाइदा सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई भएको छ । अर्बाै रुपैयाँ बैंकमा बैंकमा निक्षेप राखेर प्राप्त हुने ब्याज आम्दानीबाटा नाफा गरिरहेको जलविद्युत लगानीले लगानीले यो वर्ष ब्याजदर बढ्दाको फाइदा उठाउन सफल भएको छ ।

रकारले जलविद्युतमा लगानी गर्न स्थापना गरेको भएपनि कम्पनीले बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । ब्याजदर बढ्दा चालु आर्थिक वर्षमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ गरेको थियो ।

निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुगेको थियो । बैंकले अहिले साधारण वचतमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिदै आएका छन् । जति ब्याजदर बढ्यो त्यतिनै जलविद्युत लगानीको आम्दानी बढ्ने गरेको छ ।

जलविद्युत आयोजनाबाट भएको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । गत पुसमा कम्पनीले ५९ करोड ७० लाख र गत आवको सोही अवधिमा कम्पनीले ४८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

जलविद्युत लगानीको मुल आम्दानीको स्रोत नै बैंकको ब्याजदर भएको छ । १० अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा १ अर्ब ११ करोड रुपैयाँ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.