शिखर इन्स्योरेन्सको नाफा ३१ करोड, ईपीएस ३९ रुपैयाँ

  २०७५ वैशाख ३० गते १०:१३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ ।  गत चैतसम्म कम्पनीले ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा शिखरको नाफा २६ करोड ६३ लाख रुपैयाँ थियो । ९ महिनामा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४३ करोड ७५ लाख रुपैयाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आम्दानी २३ प्रतिशत बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब रुपैयाँ थियो । कम्पनीको जोखिम जगेडा कोष बढेर ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
तराई बाढी र डुवानका कारण ३० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । सो दावी मध्य कम्पनीको हिस्सा १ करोड रुपैयाँ मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.