ऊर्जाको विकासले १ खर्बको व्यापार घाटा कम हुने

  २०७५ वैशाख २७ गते १८:५३     विकासन्युज

काठमाडौं । देशमा ऊर्जाको विकासले हाल वेहोर्नु परेको १ खर्ब रुपैयाँको व्यापार घाटा कम हुने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताए । उनको अनुसार देश ऊर्जामा आत्मनिर्भर भयो भने करिब १ खर्ब रुपैयाँ व्यापार घाटा कम हुनेछ । त्यसको सकारात्मक प्रभाव सम्पुर्ण क्षेत्रमा पर्ने र राष्ट्रले ९.२५ अंकको आर्थिक बृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने उनको दावी छ ।

नेपाल चेम्बर अफ कमर्शले बिहीबार राजधानीमा आयोजना गरेको ‘ऊर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौती’ बिषयक कार्यक्रममा उनले आर्थिक समद्धिको लागि उर्जा र सिचाई मुलुकको मेरुदण्ड भएको बताए ।

ऊर्जा र सिचाईको विकासमा अहिलेको सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिने उनको बुझाइ छ । यो सरकार स्थायी भएकोले पनि आत्मनिर्भरता हाँशिल गर्ने दिशामा अघि बढ्ने र त्यसमा निजी क्षेत्रले पनि साथ दिनु पर्ने उनको आग्रह छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बुधबार मात्रै सार्वजनिक गरिएको स्वेतपत्रमा उल्लेख भएका विषयहरु निश्चि समय सीमा तोकेर कडाईका साथ अघि बढाउनु पर्ने बताए ।

बंगलादेश, भारत, नेपाल नामक फोरमको सहयोगमार्फत नेपालको ऊर्जा विकास र निर्यातमा देशले फड्को मार्न सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.