ग्लोबल आइएमई बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

  २०७५ वैशाख २७ गते १८:१३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई थप सुविधा दिने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नर्भिक अस्पतालमा उपचार गराउँदा यस बैंकबाट प्रिभिलेजड कस्टुमरर्स क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने सेवा अन्तर्गत प्याथोलोजी सेवा, सिटिस्क्यान, एमआएआई, रेडियोलोजी, कारडियस नन इन्भेसिभ एक्जामिनेशनस्, सर्जिकल चार्जेज, म्यामोग्राम लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् भने बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै अस्पतालले आफ्नो तर्फबाट ग्राहकहरुलार्ई विभिन्न सेवाहरुमा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.