सिद्धार्थ बैंकको हकप्रद सेयर लिलामीमा, जेठ १० गते बोलपत्र पेश गर्ने अन्तिम दिन

  २०७५ वैशाख २७ गते ९:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने भएको छ ।

चुक्तापुँजी बढाउन बैंकले निष्कासन गरेको मध्ये सर्वसाधारण र संस्थापक गरी २ लाख १४ हजार ३३५ कित्ता हकप्रदको जेठ २ देखि खुला हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

बिक्री बन्द जेठ १० गते हुने छ ।  बैंकको सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ र संस्थापकको ४० हजार २० कित्ता रहेको छ । हकप्रद सेयर खरिदका लागि सिद्धार्थ क्यापिटलको राजधानीको नक्साल, र बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढीबाट सिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.