हुण्डाईले ल्यायो वर्ल्ड कपको योजना ‘रोड टु रसिया’

  २०७५ वैशाख २४ गते १७:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि, नेपालको लागि हुण्डार्ईको आधिकारिक डिलरले आफ्नो नयाँ योजना ‘रोड टु रसिया’ को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुण्डार्ईले आफ्ना हुण्डाई ओनरहरुको लागि यो योजना शुरु गरकोे हो ।

हुण्डाई कार भएकाहरुले हुण्डार्ई नेपालको आधिकारिक वेभसाइडमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।

यस योजना अन्तगर्त दुई जना भाग्यशाली हुण्डार्र्ई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन् । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि शुरु भएर असार १ गते समाप्त हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डार्ईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्नेछ । विजेतालाई सम्पूर्ण खर्च व्यहोरिएको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् । २०१८ को यो फिफा वल्र्ड कप २१औं फिफा वल्र्ड कप हो, जुन प्रत्येक ४ वर्षमा एक पटक मात्र हुन्छ । महिनौंसम्म चल्ने यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो ।

फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै हुण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ । हुण्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि शुरु गरेको थियो र सन् २०२२ सम्म पनि हुण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.