पैसा राख्न, झिक्न र खाता खोल्न बैंक धाउनु पर्दैन, सिभिल बैंकले घरमै आएर सेवा दिन्छ

  २०७५ वैशाख १९ गते २३:४२     विकासन्युज

काठमाडौं । तपाईले खाता खोल्न, पैसा जम्मा गर्न र झिक्न बैंकमा गइरहनु परेको छ । बैंकमा धाउन र लाइनमा बस्न धेरै समय लाग्दै आएकोमा अब ती दिन गएका छन् । प्रविधिको विकाससंग अब बैंक नै घरमा आउने भएकोे छ । अब बैंकिङ कारोबार गर्न बैंक नै धाउने दिन गए ।

सिभिल बैंकले घरमै बसेर बैंकिङ सेवा दिने भएको छ । सिभिलले घरमै बसीबसी बैंकिङ सेवा दिन सभिल ट्याव बैंकिङ योजना ल्याएको छ । यो योजनाअनुसार अब ग्राहकले पैसा जम्मा गर्न र झिक्न र अन्य बैंकिङ कारोबार गर्न सिभिल जानु नपर्ने भएको छ । यसले समयको वचत तथा कारोबार गर्नका लागि लामो लाइन बस्नु पर्ने झन्झटको अन्त्य गरेको छ ।

सिभिल बैंकले त्यस्तो पद्दति वदल्दै बैंकको खाता खोल्न सम्बन्धित ग्राहककै घर–घर पुग्ने भएको हो । बुधबार राजधानीमा एक समारोहबीच बैंकले बैंकको पँहुचमा आइनपुगेकाहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले ‘घरमै बसि बसि बैंकिङ खुशी खुसी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा शुरु गरेको हो ।

सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गर्दै उक्त सेवाको उद्घाटन गरे। सेवा अनुसार बैंकका कर्मचारीहरुले ट्याबको सहयोग लिएर ग्राहककै घर, अफिस वा कुनै पनि स्थानमा गएर खाता खोल्दिने लागयतका बैंकिङ सुविधा उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) गोविन्द गुरुङले बताए । उनका अनुसार खाता खोल्नका लागि ग्राहकले कुनै पनि झन्झट तथा असुविधा बेहोर्नु पर्दैन ।

खाता खोल्ने क्रममा ग्राहकसँग नागरिकता लगायतको आफुलाई चिनाउने औपचारिक सक्कली परिचयपत्र हुनुपर्छ । त्यो बाहेक फोटो, परिचयपत्रको फोटो कपी, ग्राहकको लोकेशन ट्याबमार्फत तयार गर्ने बताए ।

बैंकका अध्यक्ष इच्छाराज तामाङले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त बैंकिङ सेवा सञ्चालनको लागि विगत ५ वर्षदेखि तयारी गरेको बताए । ‘बैंकले विगतदेखिनै समय सापेक्ष नविन प्रविधि प्रयोग गर्दै आएको छ,’ उनले भने ‘शुरु गरिएको सिभिल ट्याब बैंकिङ सेवा पनि सोहि अभियान अन्तर्गत हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.