केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो, ५ केजी र २ केजीको प्याकमा उपलब्ध

  २०७५ वैशाख १९ गते १८:२१     विकासन्युज

काठमाडौं । केएल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु चामलको पिठो नेपाली बजारमा ल्याएको छ । लोकप्रिय ब्राण्ड ज्ञान चामलको पिठो उत्पादक के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ ।

ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेका छन् ।

ज्ञान चामलको पिठो उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान चामलको पिठो प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुन्छ ।

ज्ञान चामलको पिठो स्वादिष्ट खाना खाजा पकाउन प्रयोग गरिन्छ । यसको प्रयोगबाट उत्कृष्ट सेलरोटी, स्वादिष्ट नेपाली पुवा, चटामरी, योमरी, अनरसा, माडारोटी, ढिक्री, भक्का, इड्लीलगायतका बिभिन्न परिकार बनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.