स्वीकृति नलिइ विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याए कार्वाही : राष्ट्र बैंक

  २०७५ वैशाख १९ गते १०:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही संस्थाले अनुमति नलिइ विद्युतीय भुक्तानी सम्बन्धित उपकरण सञ्चालनमा ल्याएको भन्दै कार्वाही गर्ने चेतावनी दिएको छ ।

केन्द्रीय बैंकले स्वीकृति वेगरनै क्यासब्याक अफर, स्मार्ट कार्ड र भाइवर बैंकिङलगायत अन्य विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याएको भन्दै यसलाई रोक्न भनेको छ । अनुमति नलिई कुनै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी उपकरणहरु सञ्चालन गरेको भए ३५ दिन भित्र नियमित गराउन केन्द्रीय बैंकले भनेको छ ।

इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्था अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्था÷संयन्त्रले यस बंैकबाट अनुमति नलिई सोही प्रकृतिका अन्य भुक्तानीका उपकरणहरु सञ्चालन गरिरहेको भन्ने जानकारी हुन आएका केन्द्रीय बैंकको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.