फाेर्डकाे सीयुभी फ्रीस्टाइल सार्वजनिक, सुरुवाती मुल्य २६ लाख ९९ हजार (फोटो फिचरसहित)

  २०७५ वैशाख १८ गते २२:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि फाेर्ड गाडीकाे अाधिकारिक विक्रेता  जिओ अटोमोबाइल्स प्रालिले फोर्डकाे सीयुभी(कम्प्याक्ट युटिलीटी भेहिकल) फ्रीस्टाइल सार्वजनिक गरेको छ ।


मंगलबार भव्य संगितिक कार्यक्रमबीच राजधानीमा कम्पनीले भारतमा पहिलो पटक बनेको  सीयुभी फोर्ड फ्रीस्टाइल सार्वजनिक गरेको कम्पनीकाे भनाइ  छ । कम्पनीले सार्वजनिक गरेकाे कारमा एसयुभीकाे डीजाइन,पफमेन्स, वेन्चमार्रक लगायतलार्इ समेटेकाे बताएकाे छ ।


उक्त सीयुभीमा १.२ लीटर ३ सीलीन्डर पेट्रोल इञ्जिन छ । जसले ९६ पीएस पीक पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ ।


कम्पनीको अनुसार गाडीमा कनेक्टीभीटी र सेफ्टी फीचर्स समावेश गरिएको छ । जसमा हाई रिसोलुशन ६.५ इन्च टक स्क्रीन र ६ वटासम्म एयरब्याग्स उपलब्ध छ । ग्राउण्ड क्लियरेन्स १९० रहेको कारका टायर १५ इन्चको राखिएकाे छ ।


त्यस्तै कारमा एन्टी लक ब्रेकिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, रियरभ्यू क्यामेर, इमरजेन्सी असिस्टेन्स, पुस बटम स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्पस्, रेन–सेन्सिङ वाईपर लगायत फिचर्सहरू राखिएकाे छ ।


ह्वाइट गोल्ड, मुनडस्ट स्लीभर, अक्सफोर्ड ह्वाइट, स्मोक ग्रे लगायत कम्पनीले विभिन्न ६ कलरमा कार बजारमा उपलब्ध गराएको छ । शुरुवाती मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको उक्त फोर्ड फ्रीस्टाइल सीयूभी मोडलअनुसार ३२ लाख ४९ हजार रुपैयाँ सम्म मुल्यमा बजारमा कम्पनीले प्रस्तु गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.