फोर्स सिमेन्ट अब नँया प्याकमा, दैनिक १ लाख १० हजार बोरा बिक्री गर्दै

  २०७५ वैशाख १८ गते १४:३९     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ । कम्पनीले समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग आकर्षक र उपभोक्तामैत्री बनाएको हो ।

हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभ जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएलस्मिथ(डेनमार्क र भारत)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेर मिल्स(भीआरएम) जडान गरी उत्पादन सूचारु गरेको हो ।

यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको (ओपीसी, पीपीसी र पीएससी) सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । उद्योगलाई प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्नेे कम्पनीको प्रतिवद्धता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.