सञ्चालनमै नआएको जीवन विकास लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १८० रुपैयाँ

  २०७५ वैशाख १७ गते ९:५७     विकासन्युज

काठमाडौं । सञ्चालनमै नआएको एक लघुवित्त संस्थाको संस्थापक सेयर अंकित मूल्य भन्दा बढीमा बिक्री गर्नका लागि प्रस्ताव आब्हान गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति मात्र पाएको मोरङको कटहरीमा केन्द्रीय कार्यलय प्रस्ताव गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम १८० रुपैयाँमा बिक्रीका लागि प्रस्ताव गरिएको छ ।

संस्थापक सेयर खदिका लागि ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने भएको छ । प्रस्तावित संस्थापकका लागि वाणिज्य बैंक भएमा न्युनतम १ लाख कित्ता र अन्य व्यक्ति तथा संस्थाले १० हजार थान लिनुपर्ने छ । आरएमडीसीले बिक्रीका लागि निवेदन दिएपछि लिलामी गर्न लागेको जीवन विकासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.