वित्तीय अपराध न्यूनिकरणकाे लागि फाइनान्सियल फ्रड कन्फरेन्स हुदै

  २०७५ वैशाख १६ गते १२:४२     विकासन्युज

काठमाडौं । वैशाख चौथो साता फाइनान्सियल फ्रड कन्फरेन्स हुने भएको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) ले भारतको सम्बन्धित संस्थासँगको सहकार्यमा बैशाख २४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्यनजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले राजधानीमा एक दिने राष्ट्रिय स्तरको फाइनान्सियल फ्रड कन्फेरेन्स आयोजना गर्न लागेको हो ।

कार्यक्रमको मुख्य उद्देश्य वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कार्यहरुमा देखिएका चुनौतीहरु के–कस्ता छन् भन्ने बारेमा चर्चा गरिने बताइएको छ ।

त्यस्तै के–कस्तो रणनीतिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल कार्यक्रममा गरिने आयोजकको भनाइ छ ।

आयोजकको अनुसार सम्मेलनमा स्रोत व्यक्तीहरुको रुपमा भारतका विज्ञहरु आउनेछन् । उनीहरुले विभिन्न विषयमा प्रस्तुती गर्नेछन् । प्यानल डिस्कशन लगायतका कार्यक्रमहरु राखिएको आयोजकको भनाइ छ ।

सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बदी उच्च पदस्थका बैंकिङ कर्मचारीहरु सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.