नाका बन्दीप्रति क्षमायाचना गरेपछि मात्रै नरेन्द्र मोदी नागरिक अभिनन्दनका लागि योग्य हुन्छन्

  २०७५ वैशाख १६ गते १०:११     विकासन्युज

भिम प्रसाद उपाध्याय

काठमाडौं । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन गर्ने कुरा भनेको मधेशवादी नेताहरुको चाकरीको अस्त्र हो । तर जनकपुर हिन्दू सबैको पवित्र स्थल हो । ठूला विदेशी सरकार प्रमूख पुग्दा त्यहाँ स्वागत गरे पुग्थ्यो । अभिनन्दन गर्ने त उनको योगदान भएपछि न हो ।

नरेन्द्र मोदीले नेपाल र नेपाली जनताको मन जित्न र विकासमा अहिलेसम्म कुनै सहयोग गरेका छैनन् । नागरिक अभिनन्दनका नााममा चाकरी गरेर केही पैसा पाइन्छ की ? संघीय सरकारलाइ दबाब दिन पनि सकिन्छ की भन्ने मानसिकता प्रदेश सरकारमा छ ।

केन्दीय सरकारको सहमति नभै मोदीले प्रदेशमा केही गर्न पाउने छैनन् । पाहुना स्वागत गर्नु हाम्रो संस्कार हो । यसमा केही छैन तर मोदीले ३ बर्षअघि नेपाललाई नाकाबन्दी लगाउने वा लगाउन भारतीय भूमि दिने तथा उकास्ने काम गरे । नेपाल सरकारलाई दबाद दिन विदेश सचिव पठाए र हपार्ने काम गरे । जुन सर्वथा गलत र निन्दनिय थियो ।

त्यसकारण, नेपाली चाकरीवाज नेताहरुले स्वागत गरे पनि जनतालाई दिएको दुःख यो जुनिमा र बालबालिकामा परेको मानसिक छाप मेटिने छैन । तर छिमेकीहरु असल हुन प्रयत्न गर्नै पर्छ । भारतको विरोध गरेर स्थापित भएको वर्तमान सरकारलाई यसले अलोकप्रिय बनाउने डर भने छ ।

नाकाबन्दीले नेपाली जनताको हृदयमा धेरै चोट पारेको छ । भर्खरका बालकहरुको मनमा मोदीप्रति नकारात्मक भावना जन्माइदिएको छ । यसका निम्नि मोदीले माफी माग्नु पर्छ । नागरिक अनिनन्दन गरिने कुरा अघि मोदीले क्षमायाचना गर्नुपर्छ । र विगतका कुरा बिर्सेर असल छिमेकी र मित्र बन्न सक्नुपर्छ । क्षमा माग्नु महानता हो र क्षमा दिनु अझ ठूलो महानता हो । अरु फेर्न सकिए पनि छिमेकी फेर्न सकिदैन दुबै मुलुकले यसलाई मनन गर्नुपर्छ । अभिनन्दन गर्दा कोही दुःखी हुने अवस्था रहनु हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.