नेपाल सेवा लघुवित्तको आईपीओ निष्कासन आजसम्म

  २०७५ वैशाख १६ गते ९:४३     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारदेखि बन्द हुने भएको छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढीकोका खरिद आवेदन परेपछि निष्कासन आइतबारसम्म हुने संस्थाले जनाएको छ ।

सेवाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । २ प्रतिशत अर्थात ३ हजार ६०० कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको थियो ।

न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.