९ महिनामा नविल बैंकको नाफा बढेर २८० करोड, प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा

  २०७५ वैशाख १४ गते ९:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नविल बैंकको खुदनाफा बढेर ३ अर्ब रुपैयाँ नजिक पुगेको छ ।
चालु आवको चैतसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा सुधार ल्याएको हो ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ थियो । ब्याज आम्दानी ४१ करोड रुपैयाँ बढेको छ ।

बैंकको निष्क्रिय कर्जा १, निक्षेप लागत ४.६३, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.२०, आधार ब्याजदर ७.३३ र ब्याजदर अन्तर ४.८९ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा छ ।

समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत चैतमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९० अर्ब ५५ करोड रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.