नेपाल बंगलादेश बैंकको नाफा २७ करोड बढेर ७१ करोड पुग्याे

  २०७५ वैशाख १४ गते ८:२९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले ३ महिनामा नाफा २७ करोड रुपैयाँ बढाएको छ ।  बैंकले गत चैतसम्म नाफा बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकको नाफा ४३ करोड ८० लाख रुपैयाँ थियो ।

यद्यपी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११ करोड रुपैयाँ घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा बैंकले ब्याज आम्दानी बढाएपछि नाफामा बढेत्तरी भएको जनाएको छ ।

गत चैतसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ७४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेर १.७७ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा १.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.९८, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.६०, आधार ब्याजदर ११.६०, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड० ३.५९ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । यस्तै बैंकको संचित कोष बढेर ३ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.