प्राइम कमर्सियल बैंककाे एकै दिन ४ शाखा विस्तार

  २०७५ वैशाख १३ गते १९:३८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएका छ । बैंकले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।

बैंकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बिहीबार एक समारोहकाबीच बैंकका महाप्रबन्धक संजीव मानन्धरले फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले सरावल, मायादेवी र शुद्धोधनको शाखाको उद्घाटन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.