सेन्ट्रल फाइनान्सको १०० रुपैयाँको हकप्रद सेयर संस्थापकले किनेनन्, १० लाख ८५ हजार कित्ता लिलामी हुदै

  २०७५ वैशाख १३ गते ११:०३     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका संस्थापक सेयरधनीले नै हकप्रद सेयर किन्न चासो देखाएनन् । संस्थापक लगानीकर्ताबाटै हकप्रद सेयरका लागि पर्याप्त आवेदन नपरेपछि फाइनान्सले १० लाख ८५ हाजर ९३९ कित्ता लिलामी गर्न लागेको हो ।

जसअनुसार संस्थापकको ९ लाख ८१ हजार ७०८ र सर्वसाधारणको १ लाख ४ हजार २३० कित्ता हकप्रद सेयर लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

बैशाख २० गतेदेखि खरिदका लागि शिलवन्दी बोलपत्र पेश खुला भई २७ गतेसम्म तोकिएको छ । प्रतिसेयर न्युनतम मूल्य १०० रुपैयाँ बढी प्रस्ताव गर्नुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्युनतम १०० कित्ता र बढीमा जति पनि आवेदन दिन सकिने छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन गत पुस २३ देखि फागुन १३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.