९ महिनामा जनता बैंकको नाफा ५७ करोड ५७ लाख, खराब कर्जा घट्यो

  २०७५ वैशाख १३ गते ९:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जनता बैंकले नाफा बढाएको छ ।  गत चैतसम्म बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेपछि समग्र नाफामा बढेत्तरी आएको हो । गत चैतसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा घटेर १.९५ प्रतिशतमा झरेको छ । गत पुसमा यस्तो कर्जा २.६५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ७.८७, निक्षेप र कर्जा अनुपात ७९, आधार ब्याजदर ११.६६, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२५ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । समीक्षा अवधिमा बैंकले ५४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.