९ महिनामा बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक

  २०७५ वैशाख १३ गते ९:३१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो ।

चालु आर्थिक बर्षको नौ महिनामा बैंकको ७३ अर्ब निक्षेप संकलन गरेर ६७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड पुुगेको छ जुन तीन महिना अघि एक अर्ब ३० करोड मात्रै थियो ।

१.८२ प्रतिशत खराब कर्जा रहेको बैंकले १० करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने २८ करोेड प्रोभिजन गरेको छ । बैंकले १०.७८ प्रतिशत आधार ब्याजदर कायम गरेको छ भने स्प्रेड दर ४.०४ प्रतितश रहेको छ ।

बिओकेको सिसिडी रेसियो ७७.२४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.