एनएमबी बैंकको नाफा बढेर १४१ करोड पुग्यो, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ

  २०७५ वैशाख १३ गते ९:१५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले ३ महिनामा नाफा ४१ करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो ।

ब्याज आम्दानीमा भएको वृद्धिले यसको सरकात्मक प्रभाव नाफामा परेको बैंकले जनाएको छ । गत चैतमा बैंकले २ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ३४ करोड ९६ लाख रुपैयाँ असुल गरेको छ ।

बैंकको निष्क्रिय कर्जा घटेर १.१० प्रतिशतमा झरेको छ । गत पुसमा १.२४ प्रतिशत थियो । यस्तै निक्षेप लागथत ७.४७, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७५.३३, आधार ब्याजदर १०.९२, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३.१६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । संचित कोष विस्तार भई ५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ८५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.