स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड, ३ महिनामा थपियो ५० करोड

  २०७५ वैशाख १३ गते ८:५५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा ब्याज आम्दानी बढेपछि नाफामा सकरात्मक प्रभाव परेको जानकारी दिएको छ । चैतमा बैंकले २ अर्ब २३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ४५ करोड ८० लाख रुपैयाँ निष्क्रिय कर्जा असुली गरेको छ ।
बैंकको निष्क्रिय कर्जा सामान्य वृद्धि भई ०.२१ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा ०.१७ प्रतिशत थियो ।

बैंकको निक्षेप लागत ३.८, आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा निक्षेप परिचालन ६ अर्ब रुपैयाँ घटेर बैंकले ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । गत पुसमा निक्षेप परिचालन ६६ अर्ब रुपैयाँ थियो । यस्तै ४६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ४२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.