सनराइज बैंकले स्वास्थ्य बीमा अन्तर्गत बज्रचार्यलाई दियाे २१ हजार रुपैयाँ

  २०७५ वैशाख ११ गते १४:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले स्वास्थ्य बीमा अन्तर्गत गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यलाई २१ हजार १९९ रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले बिरामी बज्रचार्यलाई शल्यक्रिया गर्दाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेको हो ।

उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशाराणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादबले निजका पत्नी श्रीमती मैया बज्रचार्यलाई प्रदान गरेका हुन् ।

आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.