एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ६ लाख नगद लाभांश दिने, संस्थापक र सर्वसाधरणलाई हकप्रद शेयर जारी गर्दै

  २०७५ वैशाख १० गते १७:१९     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले राजधानीमा सोमबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकाे लागि ६ लाख ३९ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, त्यसपश्चात कायम हुने सम्पूर्ण शेयरधनी(संस्थापक र सर्वसाधरण) लाई १ः३ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले शेयरधनीहरुबाट समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.