यो वर्षदेखि प्राथमिक तहका सबै पुस्तक रंगिन हुने, सिकाइमा सुधार हुने अपेक्षा

  २०७५ वैशाख ५ गते १९:१३     राजाराम न्याैपाने

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार ल्याउन सरकारले यस वर्षदेखि प्राथमिक तहसम्मका विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक वितरण गरेको छ ।

शैक्षिक सत्र ०७५ देखि सरकारी स्कुलमा कक्षा १ देखि ५ कक्षासम्मका सबै विद्यार्थीले चार रंगका पुस्तक अध्ययन गर्न पाउने भएका छन् । कालो र सेतो रंगमा मात्र छापिएको पुस्तक वितरण हुदै आएकोमा विद्यार्थीको सिकाइमा अझ बढी प्रभावकारी बढाउन सबै पुस्तक रंगिन बनाइएको हो ।

सादा पुस्तक प्रतिपेज ३३ पैसामा छपाइ गरेकोमा रंगिन प्रतिपेज छपाई गर्दा ५० पैसा सरकारले तोकेको छ । रंगिन पुस्तक छपाइ गर्दा प्रतिपेज १७ पैसा मंहगो भएको छ । २०५७ सालदेखि २०७३ सम्म प्रतिपेज २६ पैसामा सरकारले निधारण गरेको थियो । २०७४ सालबाट बृद्धि भएर ३३ पैसा प्रतिपेज भएको छ ।

यस अघि कक्षा १–५ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिका विषयहरु गरी पाँचवटै पुस्तक कालो र सेतो रंगमा मात्र छपाइ भएकाले विद्यार्थीहरू वास्तविकता भन्दा निकै टाढा हेर बुझिरहेका थिए ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आर्चायलले विगत झै यो वर्ष पनि कक्षा १–५ सम्मका पाठ्यपुस्तक निजी र कक्षा ६–१०सम्म जनक शिक्षाले छाप्ने सरकारी निर्णय भएकोे बताए ।

उनले कक्षा १–५ सम्म ३४ लाख ५० हजार २३ विद्यार्थीकोलागि गत वर्ष १ करोड ७२ लाख ५० हजार ११५ थान किताब निजी प्रकाशकले छापेको थियो । “गतसाल हामीले ६० करोड रुपैयाँको किताब छापेकोमा १ करोड ४ लाख रुपिया बराबरको किताब थन्कियो” आर्चायलले भने “अब रंगिन किताब झनै महँगो हुन्छ र घाटमा जान्छ ।”

९९ प्रतिशत किताब छपाइको काम सकिएको र पहाडी र हिमाली जिल्लाहरुमा ९० प्रतिशत र तराईका जिल्लाहरुमा ५० प्रतिशतमात्र पुस्तकहरु पुगिसकेको छ । बिक्रेतालाई पुस्तक लिन आउन सुचना दिइरहेको उनले बताए । सातै वटा प्रदेशका कार्यलयमा पनि पुस्तकहरु पुगेको उनले दावी गरे ।

अब विद्यार्थीहरूलाई रंगित किताबले अकर्षित गर्ने र शिक्षकलाई पनि रंगिन किताब पाठ्य सामग्रीमा बुझाउन सजिलो हुने समेत उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.