लालबाबु पण्डितले २५ जना विद्यार्थी भर्ना गराए, २ सय जनालाई शैक्षिक सामग्री वितरण

  २०७५ वैशाख ५ गते १७:२६     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २५ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । मन्त्रि पण्डितले मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को वि.पी आधारभूत विद्यालयमा २५ जना विद्यार्थी भर्ना गराएका हुन् ।

उनले थप २ सय जना विद्यार्थीहरुलाई विद्यालय पोषाक, ब्याग, जुक्ता, कापी, कलम लगायतका सामग्रही हस्तान्तरण गरेका हुन् । मन्त्री पण्डितले सबै नेपालीलाई साक्षर बनाउने अभियान अन्तर्गत आफुले २५ जना विद्यार्थीलाई भर्ना गराएको बताएका थिए ।

बालबालिकाहरु भविष्यका कर्णधार भएकाले पनि उनीहरुका लागि उचित शिक्षा दिक्षाको प्रबन्ध मिलाउनुपर्नेमा उनले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.