लोकसेवाको ५००० विज्ञापनमा २ लाख ३० हजार बढीकाे आवेदन, ७५३ जना खरिदारमा मात्रै ८८ हजारले दिए दरखास्त

  २०७५ वैशाख ३ गते १२:०८     खेमराज श्रेष्ठ

काठमाडौं । पछिल्लो समयमा सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ । निजामति सेवाका लागि लोकसेवा आयोगले ५ हजार ८२४ जनाको विज्ञापन गर्दा २ लाख ३० हजार ५७६ जना भन्दा बढीको आवेदन परेकाले सरकारी जागिरमा आकर्षण बढ्दै गएको देखिएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा लोसेवाद्धारा खुलाईएको विज्ञापनमा ठुलो संख्यामा सरकारी जागिरको लागि मानिसहरुले आवेदन दिएका हुन् । लोकसेवाले खुलाएको विज्ञापनमध्ये सबैभन्दा धेरै आवेदन खरिदारमा परेको छ । कम दरखास्त सहसचिवको विज्ञापनमा परेको छ ।

सहसचिवको ७८ जनाको विज्ञापनमा १६९१ जनाको आवेदन परेको छ भने उपसचिवको २१५ उपसचिवको विज्ञापनमा ६ हजार ४५ जनाको निवेदन परेको छ । त्यस्तै शाखा अधिकृतको ३९० जनाको विज्ञापनमा ४७ हजार ७ सय ९६ जनाले आवेदन दिएका छन् ।

यसैगरी ४८२ जनाको विज्ञापन खुलाइएको नायब सुब्बामा ७९ हजार, ३७ जनाको आवेदन परेको छ । खरिदारको ७५३ जनाको विज्ञापनमा सबैभन्दा धेरै ८८ हजार ४९६ जनाको आवेदन परेको लोक सेवा आयोगका सहप्रवत्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।

लोकसेवाले विज्ञापन  दस्तुरबाट मात्रै ५५ करोड रुपैयाँ भन्दा बढी उठाउने गरेको छ । आयोगले शाखा अधिकृतको लागि १ हजार, नायाब सुब्बा ४०० र खरिदारको ३ सय शुल्क तोकेको छ ।

लोकसेवाको विज्ञापनमा सबैभन्दा धेरै राजस्व अधिकृतको विज्ञापनबाट उठेको छ । यो वर्ष अधिकृतको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ४९ करोड ३६ हजार रावस्व उठेको हो । त्यस्तै नायाब सुब्बाको विज्ञापनबाट पनि दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड २० लाख राजस्व उठेको छ ।

त्यसैगरी खरिदारको विज्ञापनबाट दोब्बर दस्तुर र आरक्षण बाहेक नै ३ करोड ६४ लाख ४० हजार उठेको छ । २०७५ सालदेखि लोकसेवा आयोग प्रदेशीय संरचनामा जाने तयारी गरेको छ ।

सुरक्षाका कारण पछिल्लो समयमा सकारी जागिरमा जनचासो बढेको देखिएको छ । रोजगारीका लागि पर्याप्त रुपमा अन्य क्षेत्र नआएपछि सरकारी जागिरमा आकर्षण बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.