बखान सहकारीका संस्थापक सञ्चालक कृष्णमान गुरुङलाई पाँचताराको सम्मान

  २०७५ वैशाख २ गते १२:०६     विकासन्युज

काठमाडौं । पुरानो सिनामंगल अवस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कृष्णमान गुरुङलाई पाँचतारा राष्ट्रियसहकारी व्यक्तित्व सम्मान २०७५ बाट सम्मान गरेको छ ।

बखान सहकारी संस्थाका संस्थापक सञ्चालक गुरुङलाई मुलुककै पहिलो सहकारी संस्थामा सञ्चालक रहेर हालसम्म पनि अभियानमा क्रियाशील रहेको भन्दै उक्त सम्मान प्रदान गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा एमाले नेता तथा सांसद माधवकुमार नेपालले नगद १० हजार १ सय ५१ रुपैयाँ र ताम्रपत्रले गुरुङलाई सम्मान गरेको हो । सम्मान गर्दै नेता नेपालले मुलुकको समृद्धिका लागि सहकारी अपरिहार्य भएको र सहकारीलाई उत्पादनसँग जोड्न सके मुलुकले छिट्टै आर्थिक फड्को मार्न सक्ने बताए ।

सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले जनताले रुचाएको व्यवसायिक पद्धति सहकारी भएको बताए । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले पाँचताराले गरेको हरेक क्रियाकलापको प्रशंसा गर्दै सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सकेको जानकारी दिए । सहकारीको संख्या धेरै हुँदैमा सदस्यको आर्थिक सामाजिक रुपान्तरण हुन नसक्ने उनको बुझाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.