स्पर्स लघुवित्तको फिल्ड कर्मचारीहरुलाई तालिम

  २०७४ चैत ३० गते २३:३२     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई ३ दिने फिल्ड व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

उक्त तालिमको उद्घाटन बुधवार संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए । फिल्डमा काम गर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, फिल्ड कर्मचारीको लक्ष्य तथा प्रगती समिक्षा, विभिन्न शाखाको अनुभव आदानप्रदान तालिमको अबधिमा गरिएको जनाइएको छ ।

त्यस्तै फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने तथा विभिन्न जीवन वीमा कम्पनीका प्रतिनिधिहरुमार्फत जीवन वीमाको पोलिसीहरुको विक्री गर्न उत्प्रेरीत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.