एनआईसी एशिया बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

  २०७४ चैत ३० गते २१:३२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा एक समारोहकोबीच काठमाडौंस्थित बैंकको रजिस्ट्र्राड कार्यालय, थापालीमा उक्त नयाँ सालकोे क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष  अग्रवालले नयाँ वर्षको शुभ अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी लगायत सम्पुर्णलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीशप्रसाद अग्रवाल, अन्य सञ्चालकहरु, बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।

हाल मुलुकभर बैंकले १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ तथा सबैभन्दा धेरै सञ्जालमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

बैंकको वासलातको आकार रू १५५ अर्बभन्दा बढी पुगेको छ भने कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब पुगिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.