सिण्डिकेट हटेपछि सुर्योदय यातायातले सञ्चालनमा ल्यायो स्मार्ट यात्रुबस: टिभी, वाईफाई , जिपिएस र सीसी क्यामेरा जडान

  २०७४ चैत ३० गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले देशभरी नयाँ रुट अनुमति खुला गरेपछि निजी क्षेत्रबाट सुर्योदय यातायात एन्ड अटो प्राइभेट लिमिटेडले अत्याधुनिक सुविधा सहितको यात्रुबस सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्षको आगमनसँगै सूर्योदयले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको हो । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । जनाइएको छ ।

कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दावी गरेका छन् ।
संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए ।
राजधानीमा पनि संगठित रुपमा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । महानगर यातायात, सिटी यातायात, साझा यातायात, मयुर यातायात र धुम्रबराही यातायात सञ्चालनमा छन् । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.