बैंकहरु कर्जा विस्तारमा आक्रमक : निक्षेप संकलन भन्दा ९६ अर्ब बढी लगानी

  २०७४ चैत ३० गते १३:१४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा झण्डै ९६ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्था कर्जा लगानीमा झनै आक्रमक हुदा बढेको हो ।

गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ८ महिनामा निक्षेप भन्दै ९५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । बैंकले आफनो स्रोत भन्दा बढी लगानी गरेको राष्ट्र बैंकको भनाई छ ।

क्षमता भन्दा बढी कर्जा विस्तार गरेपछि अहिले बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अुनपात (सीसीडी) ७८ माथि रहेको छ । अधिकाँश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थमा पुगेका छन् । लगानीयोग्य पुँजी नभएपछि बैंकले ८ देखि ११ प्रतिशत ब्याजमा निक्षेप उठाएका छन् । बढी ब्याजको योजना ल्याउदा पनि निक्षेप परिचालन सोचेअनुसार बढ्न सकेको छैन् ।

वार्षिक बिन्दुगत आधारमा गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १७.३ प्रतिशतले बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी ४ प्रतिशत बढी छ ।

फागुनसम्म बैंक तथा वित्ती संस्थाको निक्षेप बढेर २५ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भई २२ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको अंश ३६.५ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.० प्रतिशत छ । अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ४८.४ प्रतिशत रहेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.९, विकास बैंकको २१.२ र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ र १४.५ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६५.७ प्रतिशत बढेर ४२ अर्ब ३९ करोड वृद्धि भई१ खबै ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशत बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ८.८ तथा ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । रियल स्टेटकर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.३ प्रतिशतले बढेको छ ।

उत्पादनशील क्षेत्रतर्पफ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । फागुन मसान्तमा १२ अर्ब ९४ करोड रुपैयाँ प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ ।

२०७४ फागुन मसान्तसम्ममा सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ५३२ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ६१ करोड २८ लाख कर्जा बक्यौता छ । ३८ करोड २० लाख ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.