सेयर ब्रोकर कम्पनीसंग भ्याट उठाउन महालेखाको पुनः निर्देशन

  २०७४ चैत ३० गते ११:३७     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर ब्रोकरबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाउन निर्देशन दिएको छ ।सेयर कारोबारमा भ्याट लगाउने चर्चा चलिरहेका बेला संवैधानिक अंग महालेखाले सेयर कारोबारमा भ्याट छुटको व्यवस्था नभएको स्पष्टपारेको छ ।

महालेखाले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा धितोपत्र मध्यस्तकर्ता सेवा प्रदान गर्ने करदाताले सेवा उपलब्ध गराए वापत प्राप्त गर्ने दलाली कमिशनमा अनुसुचिले भ्याट छुट नदिएको जानकारी गराएको छ ।

महालेखाले सेयर कारोबार गर्ने २५ ब्रोकर कम्पनीबाट लाग्ने १६ करोड ६२ लाख भ्याट असुल नभएको भन्दै उठाउन भनेको छ । महालेखाले धितोपत्र व्यवसायी कमिसनमा भ्याट लाग्ने स्पष्ट पारेको छ । ब्रोकर व्यवसायी भ्याट लागु गरेपछि लागत बढ्ने बताउदै आएका छन् ।

हाल सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर मात्र असुल भएको छ । भ्याट लगाएमा सेयर बजारमा असर गर्ने र लागु गर्न नुहुने दवाव बढेपछि सरकारले अहिले अघि बढाएको छैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.