नविल ब्यालेन्स फण्ड खारेज, लगानीकर्तालाई रकम फिर्ता दिने

  २०७४ चैत ३० गते ९:४०     विकासन्युज

काठमाडौं । नविल बैंकले प्रवद्र्धन गरेको नविल व्यालेन्स फण्ड १ खारेज हुने भएको छ । ब्यालेन्स फण्ड शुक्रबार परिपक्व भई सामूहिक लगानी कोषअनुसार खारेजीमा लैजान लागेको हो ।

शुक्रबारदेखि नविल व्यालेन्स फण्डका इकाईको कारोबार नहुने योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

योजना खारेज भएपछि इकाईधनीलाई लगानी फिर्ता भुक्तानी दिने बैंकले जनाएको छ । ब्यालेन्स फण्डले इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.