मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त, वाणिज्य बैंकमा पहिलो महिला सीईओ

  २०७४ चैत ३० गते ८:३७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस नियुक्ती सँगै खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो प्रमुख कार्यकारी अधिकृतको इतिहास र पहिचाहन बनाएकी छिन् ।
२७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली सोही बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् ।

तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् ।

उनले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् ।

उनले लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बताइन् । विकासन्युजसँग कुरा गर्दै उनले भनिन्–‘नियामक निकाय, लगानी, उपभोक्ता, कर्मचारी र समाज बैंकका स्टेक होल्डर हुन्, उनीहरु सबैलाई मेगा बैंकसँग खुशी बनाउदै लगानीकर्तालाई अधिकतम लाभांश दिने मेरो प्रयास हुनेछ ।’

हाल यस बैंकको पुँजी ८ अर्ब रुपैयाँ छ । निक्षेप ४१ अर्ब ५० करोड, कर्जा ४१ अर्ब रुपैयाँ छ । बैंकको शाखा ४७ वटा छ भने कर्मचारी ५६० जना छन् ।

बढीमा दुई महिनाभित्र मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने, त्यसपछि बैंकको पुँजी १० अर्ब हुने, शाखा १०२ हुने, कर्मचारी १ हजार जनाभन्दा बढी हुने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.