१२ बुँदे नयाँ निर्देशिका ल्याएर धितोपत्र बोर्डले सेयर कारोबारमा गर्यो कडाई, यस्ता छन् निर्देशिका

  २०७४ चैत २९ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब सेयर कारोबारमा कडाई गर्ने भएको छ । बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय निवारण लगानी निर्देशिका परिमार्जन गरी लगानीमा कडाइ गर्ने भएको हो ।

यो निर्देशिका ०७५ बैशाख १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ । सुचक संस्थाले कारोबार गरिरहेका ग्राहक र गर्नेलाई पहिचान सम्बन्धित विवरण राख्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै सुचक संस्थाले सेयर कारोबारका लागि काल्पनिक वा वेनामी खाता खोल्न र वित्तीय कारोबार गराउन बन्देज लगाएको छ । यदी यस्तो भेटिएमा अनुसन्धान गरेर खाता बन्द गर्न लगाउने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।

ग्राहकको पहिचान जोखिममा आधारित भएर गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । संकास्द कारोबार भएको पाइएकामा वित्तीय इकाइमा जानकारी दिनुपर्ने छ । निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस 

एक दिनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको विवरण वित्तीय इकामा दिनुपर्ने व्यवस्था गरिएको छ । एक दिनमा एक पटक वा पटकपटक गरेर सेयर खरिद गर्नेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय इकाईमा जानकारी गराउनु पर्ने छ ।

बोर्डले १२ सार्वजनिक गरेको १२ बुँदे निर्देशिकामा ग्राहकको पहिचान र कारोबारको अनुसन्धानमा जोड दिएको छ । सम्पत्ति शुद्धिकरण ऐन परिमार्जन भएपछि सोही आधारमा निर्देशिका सुधार गरिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.