टंगालमा सञ्चालन आयो प्रभु बैंकको नयाँ शाखा

  २०७४ चैत २९ गते १७:४९     विकासन्युज

काठमाडौं । बिहीबार काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेद्वरा एक समारोहकाबीच उद्घाटन गरिएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकको भनाइ छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भइ नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.