रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेर ४७२ अर्ब पुग्यो

  २०७४ चैत २९ गते १७:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशबाट प्राप्त हुने  विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको फागुनमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेको छ ।

८ महिनामा रेमिट्यान्स आप्रवाह बढेर ४ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.३ प्रतिशत बढेको थियो ।

खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई ५ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँमा सीमित भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.