लगानीकर्तालाई तान्यो नविल बैंकको संस्थापक सेयरले : बिहीबार सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

  २०७४ चैत २९ गते १५:१६     विकासन्युज

काठमाडौं । सेयर बजार उतारचढाव आइरहेका बेला लगानीकतालाई नविल बैंकको संस्थापक सेयरले तानेको छ ।बिहीबार नविल बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

नविलको सेयर प्रतिकित्ता ८०४ रुपैयाँमा ३१ हजार २०८ कित्ता सेयर किनबेच भएको छ । बिहीबार नविलको मात्रै २ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बुधबारको तुलनमा बिहीबार नविलको संस्थापक सेयर प्रतिकित्ता १४ रुपैयाँ बढेको छ ।

बुधबार नविलको संस्थापक सेयर प्रतिकित्ता ७९० रुपैयाँमा किनबेच भएको थियो । बुधबार नविलको ३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । नविलको सेयर सस्तो भएपछि सबैभन्दा खरिद भएको हो ।

नविलको वित्तीय अवस्था राम्रो भएको र प्रतिफल पनि आर्कष हुने देखिएपछि लगानीकर्ताको आँखा संस्थापक सेयरमा गएको हो ।

यस्तै ओम डेभलपमेन्टको सेयर सस्तो भएपछि बढी सेयर खरिद भएको छ । बिहीबार ओमको प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ ।

बजार ४ अंक बढ्यो

बिहीबार सेयर बजार ४ अंकले बढेर नेप्से परिसुचक १ हजार २७७ अंकमा पुगेको छ । बिहीबार कारोबारमा सुधार आई ४४ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बहीबार बैंक र वित्तको सेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.