सिटिजन्सद्वारा कमल निमाविलाई साढे २ लाख सहयोग

  २०७४ चैत २८ गते १९:०३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमल निम्न माध्यमिक विद्यालयलाई रू २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको बैंकको भनाइ छ ।

त्यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्य तालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।

एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा सो रकम बराबरको चेक विद्यालयका प्राचार्य एमबि खड्काललाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेको जानकारी दिएको छ ।

आउने दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बै‌कले जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.