एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौतापत्र आदानप्रदान, लगानी बढ्ने

  २०७४ चैत २८ गते ४:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बनधमा कर्जा सम्झौता पत्र आदान प्रदान गरिएको छ ।

उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएको जनाइएको छ ।

दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ ।

बैंकको अनुसार देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणलहरुले स्वदेशी बजारबाट पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न आजको आवश्यकता छ । चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा विक्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी गराएको छ ।

उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने । त्यस क्षेत्रमा लगानी बृद्धि हुनाले देशको आर्थिक वृद्धिमा सकरात्मक प्राभाव पर्ने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.