नयाँ बर्षमा मेगा बैंकको विभिन्न अफर, खाता खोल्ने ग्राहकलाई ५ लाखको बिमादेखि ११ प्रतिशत ब्याजसम्म

  २०७४ चैत २७ गते २२:३६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ । मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो ।

उक्त खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवाहरु रहेका छन् ।
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था समेत गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको बैंकको भनाइ छ ।

बैंकको अनुसार १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि सञ्चालनमा छ । ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकको भनाइ छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.