त्रिपुरेश्वरको आँखा अस्पताललाई सिद्धार्थ बैंकको १ लाख सहयोग

  २०७४ चैत २७ गते १७:३४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको ४४ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक अाँखा सम्बन्धि बिरामीलार्इ अार्थिक सहयाेग गरेकाे छ ।

बैंकले अाँखाकाे अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न रु. १ लाख १० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको जनाएकाे छ ।

उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाइ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउने जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.