एनआईसी एशियाको नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा, सञ्चालन शुरु

  २०७४ चैत २७ गते १५:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

मंगलबार एक समारोहबीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले स्थानिय निकायमा बैकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोटमा खुल्नु आर्थिक समृद्धिको लागि नयाँ कोसेढुगां हुने बताए । बैकको शाखा खुलेसँगै जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

बैंकको १७४ औ शाखाको रुपमा कांग्रेस चोकमा एटीएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए ।

‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ–गाउमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु आइपुगेको बताए ।

सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए ।

बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.