लुम्बिनी बैंकको हकप्रद ६ लाख कित्ता हकप्रद बिक्री नभएपछि पुनः लिलामी, बैंशाख २ गतेदेखि खुला

  २०७४ चैत २७ गते ९:२१     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक र सर्वसाधारणले पनि हकप्रद सेयर नकिने पछि पुनः लिलामी गरिने भएको छ ।
बैंकको संस्थापक र सर्वसाधारण समूह गरी ६ लाख १ हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागेको हो । संस्थापकतर्फ ३ लाख ७९ हजार ३३६ र सर्वसाधारणतर्फ २ लाख २१ हजार ९८९ कित्ता बाँकी छ ।

शिलबन्दी बोलपत्र पेश बैंशाख २ देखि खुलाभई १९ गतेसम्म रहेको बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउनका लागि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेकोमा आवेदन नपरेपछि लिलामी गर्न लागेको क्यापिटलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.