एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा

  २०७४ चैत २६ गते १९:००     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चितवनस्थित गीतानगर–चोकबजार  सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताएका थिइन् । त्यस्तै बैंकका सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कार्यक्रममा जानकारी गराएका थिए ।

बैंकले हाल मुलुकभर १९२ शाखा कार्यालयहरु, १९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.