उद्योग मन्त्री यादव र चीनका उपमन्त्री गान लिनबीच भेट, उपभोक्ता हितमा जोड

  २०७४ चैत २६ गते १४:४६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनका स्टेट एडमिनिष्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासमा मूर्तरुपमले अगाडि बढेको चिनीया प्रतिनिधि मण्डललाई जानकारी गराए ।

उनले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रह गरे । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने क्रममा रहेको जानकारी गराएका छन् । उपभोक्ता हितका विषयमा दुई देशबीचका कानूनका विषयका जानकारी आदान प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाई राख्न निरन्तर छलफल हुनुपर्नेमा उनको जोड छ ।

भेटमा चिनीया उपमन्त्री गान लिनले चीन नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिएका थिइन् । उनले दुई देशबीचको सहकार्यले एकअर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताइन् । उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.